October 27, 2026, Tuesday
२०८३ कार्तिक ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

प्रचण्डलाई नेकपा संसदीय दलको नेतृत्व, उपनेता पछि चयन हुने

२०८२ चैत्र १५

375

काठमाडौं, १५ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी संसदीय दलको नेता चयन भएका छन् ।

आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको नेता युवराज दुलाले जानकारी दिए ।

त्यस्तै दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको सो पार्टीले जनाएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपाका १७ सांसद निर्वाचित भएका थिए ।

भर्खरै