October 26, 2026, Monday
२०८३ कार्तिक १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

सडक कालोपत्रको माग गर्दै धनगढीमा ‘लास’ आन्दोलन

२०८२ चैत्र १९

390

धनगढी : सडक कालोपत्रको माग गर्दै सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि लास आन्दोलन गरिएको छ ।

बोलन्या थली नामक संस्थाको आयोजनामा दैजी–लिप्ना–जोगबुढा सडकखण्ड निर्माणमा भइरहेको ढिलाईप्रती खबरदारी गर्न मुख्यमन्त्री कार्यालय अगाडि लास आन्दोलन गरिएको हो।

बोलन्या थलीका संयोजक यादव जोशीले १० वर्षदेखि अलपत्र अवस्थामा रहेको सडकको निर्माण तत्काल अघि बढाउनुपर्ने माग गर्दै लास आन्दोलन गरिएको बताए। उनकाअनुसार यो सडकखण्ड निर्माणका लागि ठेक्का पाएको नार्गाजुन कन्स्ट्रक्सनले काममा ढिलाई गर्दै आएको छ।

कञ्चनपुरको दैजीदेखी डडेल्धुराको सिमाना लिप्नासम्मको १२ किलोमिटर सडक निमार्णका लागि ८ वैशाख २०७४ मा नार्गाजुन कन्स्ट्रक्सनले २१ करोड २६ लाख ५३ हजारमा ठेक्का पाएको थियो।

५ साउन २०७६ मा निर्माण सम्पन्न गर्नुपर्ने समय दिइएकोमा उक्त सडकको निर्माण अहिलेसम्म पूरा भएको छैन। पाँच पटकसम्म म्याद थप्दा समेत काम नभएको हो। पछिल्लो पटक थपिएको म्याद गत असारमै सकिएको थियो।

 

भर्खरै