October 26, 2026, Monday
२०८३ कार्तिक १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीको फूलबारीका किसानको गहुँबालीमा आगलागी

२०८२ चैत्र २१

420

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारीस्थित बिगाउँमा आगलागी हुँदा एक स्थानीय कृषकको ठूलो क्षति भएको छ। स्थानीय डम्मरराज ओझाको खेतमा थ्रेसिङका लागि थुपारेर राखिएको करिब १० कट्ठा गहुँबालीमा आगलागी हुँदा सम्पूर्ण बाली जलेर नष्ट भएको हो।

स्थानीयका अनुसार बालबालिकाले खेल्ने क्रममा सलाई प्रयोग गर्दा आगो लागेको आशँका गरिएको छ। आगलागीपछि स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीका कारण ओझा परिवारले वर्षभरिका लागि तयारी गरेर राखेको गहुँबाली पूर्ण रूपमा नष्ट भएको छ। यससँगै परिवारमा खाद्य संकट निम्तिने चिन्ता बढेको स्थानीयले बताएका छन्।

घटनाबारे जानकारी दिँदै स्थानीय कामदेव ओझाले पीडित परिवारलाई राहत तथा सहयोग आवश्यक रहेको बताए।

 

भर्खरै