April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

रानीजमरा–कुलरिया आयोजनाको नहरमा शव फेला

२०८३ बैशाख १३

325

कैलालीः कैलालीको जानकी गाउँपालिका–९, कटासेस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सोही गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारुको शव फेला परेको हो।
शनिवार फेला परेको शवबारे स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रारम्भिक विवरणअनुसार नहरमा शव देखिएपछि उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।