April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

कञ्चनपुरमा अटोबाट खसेर एक वृद्धको मृत्यु

२०८३ बैशाख १४

215

कञ्चनपुरः कञ्चनपुरमा अटोबाट खसेर एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाटा नगरपालिका–५ गर्जमनि स्थित भित्र सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ स ०१६८ नम्वरको अटोबाट खसेर सोही ठाउँ वस्ने ८५ वर्षीय वृद्ध रामदत्त पन्तको मृत्यु भएको हो।
अटोबाट खसेर गम्भिर घाईते भएका पन्तलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा आइतवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अटो र अटो चालक शुक्लाफाटा नगरपालिका–५ खजुवा बस्ने २८ वर्षीय नरेन्द्र जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रण लिई अनुसन्धान गरिरहेको जनाएको छ।