October 25, 2026, Sunday
२०८३ कार्तिक ९
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुदूरपश्चिम प्रदेश सभा बैठक शुक्रबार बस्ने

२०८३ जेष्ठ ७

495

धनगढी : बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले जेठ ८ गते दिनको २ बजे प्रदेश सभाको बैठक बोलाएको हो । बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । यसअघि, वैशाख १७ गतेबाट आठौं अधिवेशन सुरु भएको थियो ।

अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले आठौं अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । यसैगरी, दलका नेताहरुलाई समसामयिक विषयका साथै चालु अधिवेशनको सफलताको कामनासहित शुभकामना आदानप्रदानका लागि विशेष समय उपलब्ध गराइएको थियो ।

भर्खरै