June 11, 2026, Thursday
२०८३ जेष्ठ २८
Nepal 1:37:26 pm
Trending
जन आवाज

रास्वपा बझाङको सभापतिमा पुनः उपाध्याय

२०८३ जेष्ठ २५

90

बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले सभापतिमा सत्यराज उपाध्यायलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

उपसभापति पदका लागि भएको निर्वाचनमा राम बहादुर देवार ९९ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी अरुण कुमार रोकायाले ८८ मत प्राप्त गरेका थिए। उपसभापति पदमा अत्यन्तै प्रतिस्पर्धात्मक मतपरिणाम आएको थियो ।

त्यसैगरी सचिव पदका लागि भएको निर्वाचनमा अशोक मल्ल ११६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र जोशीले ६६ मत प्राप्त गरेका थिए । यस्तै, सहसचिवमा मुकेश ऐडी , कोषाध्यक्षमा आरती भाट जप्रेल (अनिता) निर्वाचित भए ।

अधिवेशनले सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षसहित १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको जनाएको छ ।

यसअघि जिल्लाका १० वटा पालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको रास्वपाले जिल्ला अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्वको टुङ्गो लगाएको हो ।

नयाँ नेतृत्वले संगठन विस्तार, जनसरोकारका मुद्दा उठान तथा पार्टीको गतिविधिलाई जिल्लाभर थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।