October 24, 2026, Saturday
२०८३ कार्तिक ८
Nepal 1:37:26 pm
Trending
जन आवाज

रास्वपा सुदूरपश्चिमको सभापतिमा विष्ट विजयी

२०८३ असार २

380

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट विजयी भएका छन्।
पार्टीको प्रथम प्रदेश अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा विष्टले ३५८ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनकसिंह धामीले १५४ मत प्राप्त गरेका छन्।
निर्वाचन परिणामअनुसार विष्टले धामीभन्दा २०४ मतको फराकिलो अन्तर कायम गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।
यसअघि पनि सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हालिसकेका विष्टले पुनः सभापतिमा निर्वाचित भएपछि पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको एकता मजबुत पार्ने तथा प्रदेशभर पार्टीको संगठन विस्तारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
रास्वपाको प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनलाई पार्टीभित्र चासोका साथ हेरिएको थियो। सभापतिमा विष्ट निर्वाचित भएसँगै अब सुदूरपश्चिममा पार्टीको आगामी रणनीति र संगठन विस्तारका कार्यक्रमले गति लिने विश्वास गरिएको छ।

भर्खरै