July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

कैलालीमा १६ वर्षीया किशोरीमाथि करणी

२०८३ असार २६

340

धनगढी : कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको बर्दगोरिया गाउँपालिका–६ जगतपुर निवासी २३ वर्षीय समिर डगौरा रहेका छन्।

प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।