धनगढीः बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नगरपालिकाको राताशिलामा भएको दुर्घटनामा ४४ वर्षीय ट्याक्टर चालक देवसिंह भण्डारीको ज्यान गएको हो।
बिहीबार भएको दुर्घटनामा पुरघाटबाट ढोल्यामोड जान लागेको सुदूरपश्चिम प्रदेश ०२-००१ त.१६०० नम्बरको ट्याक्टर सडक बाट अन्दाजी २०/२५ मिटर तल खस्न गई दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ।
दुर्घटनामा पुर्चौडी(१ बुदडा घर भई हाल महेन्द्रनगर बस्दै आएका चालक भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उक्त ट्याक्टरमा अन्य सवार कोही नरहेको, उक्त स्थानमा प्रहरी चौकी पुरघाट बैतडीबाट प्रहरी टोली खटिएको जनाइएको छ।








