July 31, 2026, Friday
२०८३ श्रावण १५
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुदूरपश्चिमका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

२०८३ श्रावण १३

230

धनगढीः नेपाल चिकित्सक संघको आह्वानमा सुदूरपश्चिम प्रदेशका सरकारी तथा निजी अस्पतालमा आज दोस्रो दिन पनि आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ।
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष डाक्टर खगेन्द्र भट्टका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनी कारबाहीको माग गर्दै आन्दोलन जारी राखिएको हो।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा भएको तोडफोडप्रति सरकारले आवश्यक संवेदनशीलता नदेखाएको तथा दोषीमाथि कानुनी कारबाही गर्न ढिलाइ गरेको आरोप लगाउँदै देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।
आन्दोलनका कार्यक्रमअन्तर्गत चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, साथै आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिएर विरोध जनाउने कार्यक्रम पनि तय गरिएको नेपाल चिकित्सक संघले जनाएको छ।