October 24, 2026, Saturday
२०८३ कार्तिक ८
Nepal 1:37:26 pm
Trending
जन आवाज

डोटीमा शिक्षकले गरे श्रीमतीको हत्या

२०८३ श्रावण १४

530

धनगढी : डोटीमा मदिराको नसामा लठ्ठ शिक्षकले श्रीमतीको हत्या गरेका छन्।

जोरायल गाउँपालिका–४ देउथली बस्ने ५१ वर्षीय चन्द्र बहादुर ओलीले मादक पदार्थ सेवन गरेर श्रीमती ४७ वर्षीया अमृता ओलीको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बुधवार दिउँसो पौने २ बजेतिर ओलीले श्रीमतीमाथि कुटपिट गरेर गम्भीर बनाएका थिए।

उनको पेटको वाँया भागमा चोट लागेर घाइते भएपछि उपचारका लागी स्वास्थ्य चौकी चन्कट्टे पठाएको थियो तर अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको थियो। उनलाई सेती प्रादेशिक अस्पताल पुगाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको डीएसपी चन्दले बताए। श्रीमतीको हत्या गरेको आरोपमा चन्द्र बहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयका शिक्षक समेत हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खरै