September 20, 2026, Sunday
२०८३ आश्विन ५
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा छैटौँ संस्करणको जिल्ला स्तरीय स्क्र्याबल च्याम्पियनसिप सम्पन्न

२०८३ आश्विन ३

360

धनगढी- स्क्र्याबल क्लब धनगढीको आयोजनामा तथा चैतन्य पाठशाला, धनगढीको सह–आयोजना एवं आतिथ्यमा आयोजित अन्तरविद्यालय जिल्ला स्तरीय स्क्र्याबल च्याम्पियनसिप–२०२६ को छैटौँ संस्करण सम्पन्न भएको छ।

चैतन्य पाठशालामा आयोजित प्रतियोगितामा कैलाली र कञ्चनपुरका २६ विद्यालयका ५२ विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यालयमध्ये कञ्चनपुरका तीन विद्यालय रहेका थिए भने बाँकी विद्यालय कैलालीका थिए। प्रतियोगितामा तीन सामुदायिक विद्यालयसहित २३ निजी विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रहेको थियो। सहभागी विद्यार्थीहरूले उत्कृष्ट शब्दज्ञान, रणनीतिक सोच, एकाग्रता र खेल कौशल प्रदर्शन गरेका थिए। प्रतियोगितामा उच्च स्कोरसहितका खेलहरू सम्पन्न भएका थिए।

प्रतियोगितामा Brightway Public School का Irish Kunwar च्याम्पियन बने। Vatsalya Vidhya Niketan का Bilakshyan Poudel प्रथम रनर–अप तथा Kedarnath Vidya Niketan की Ritu Mishra द्वितीय रनर–अप बने। त्यस्तै Everest Academy का Milan Bhatta ले Dynamic Player, Sarada Secondary School का Kapil Bohara ले Emerging Player तथा Chaitanya Pathashala का Yogesh Kunwar ले ६७५ अंकसहित Best Scorer को उपाधि प्राप्त गरे।

समापन समारोह चैतन्य पाठशालाका PTA अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख तथा उपसचिव जीवन न्यौपाने, चैतन्य पाठशालाका CEO गणेशप्रसाद जोशी तथा प्रधानाचार्य प्रेमनिधि ओझाको उपस्थिति रहेको थियो।

त्यसैगरी स्क्र्याबल क्लब नेपालका Public and International Relations Director अपर्णा गुप्ता, कैलाली संयोजक सुमन श्रेष्ठ, कञ्चनपुर संयोजक खडक शाह तथा धनगढी संयोजक नरेश रावलको उपस्थिति रहेको थियो।

प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने Game Director सुमन श्रेष्ठ तथा कञ्चनपुर संयोजक कडक शाह लगायत सम्पूर्ण आयोजक तथा व्यवस्थापन टोलीप्रति आयोजकले आभार व्यक्त गरेको छ। सहभागी विद्यालयका प्रधानाचार्य, संयोजक, प्रशासनिक प्रमुख, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिताका लागि समेत धन्यवाद व्यक्त गरिएको छ।

प्रतियोगिताका विजेताहरूले अब रुपन्देहीस्थित Apex School मा आयोजना हुने राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा सहभागिता जनाउनेछन्। आयोजकले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीलाई शुभकामना व्यक्त गरेको छ।

चैतन्य पाठशालाले प्रतियोगिताले विद्यार्थीमा शब्दज्ञानसँगै रणनीतिक सोच, सिर्जनशीलता, एकाग्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ।