September 10, 2026, Thursday
२०८३ भाद्र २६
Nepal 1:37:26 pm
Trending
जन आवाज

गाजामा राहत कुरेर बसिरहेका कम्तीमा ५१ प्यालेस्टिनीको मृत्यु

२०८२ असार ५

730

खान युनिस । गाजापट्टीमा राहत बोकेर आइरहेका संयुक्त राष्ट्र संघ र व्यावसायिक ट्रकलाई पर्खिँदा पर्खिँदै मानिसहरूको मृत्यु भएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालले बताएअनुसार यस घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । खान युनिसको दक्षिणी सहरमा राहत पर्खेर बसिरहेका भीड भएको घर नजिकै इजरायली सेनाले हवाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका एसोसियटेड प्रेसले समाचार लेखेको छ ।

उक्त सहायता इजरायल र अमेरिकाले समर्थन गरेको सहायता सञ्जालको थियो कि थिएन भन्ने स्पष्ट भएको छैन ।