May 1, 2026, Friday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

प्रधानमन्त्री ओली र रेशम चौधरीबीच वार्ता

२०८२ असार २३

840

कैलाली – प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बालुवाटारमा दिउँसो करिब एक घण्टा प्रधानमन्त्री ओली र चौधरीबीच कुराकानी भएको हो ।

चौधरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पार्टीका मन्त्री रामेश्वर चौधरीलाई विनाकारण बर्खास्त गरेको भन्दै ओलीसँग कुरा राखेका थिए । मन्त्री बर्खास्तपछि प्रदेश र संघमा आफ्नो पार्टीले समर्थन फिर्ता लिएको विषयमा पनि चौधरीले जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताएको चौधरीको सचिवालयको भनाइ छ । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दिएको नाउपाले शनिबार संघ सरकारबाट पनि समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।