April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकबाटै भइन बलत्कृत।

२०८२ असार २५

775

 

धनगढी । धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकबाटै बलात्कारमा परेकी छन् ।
त्रिनगर माध्यमकि विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकामाथि सोही विद्यालयका तेक्वान्दो खेल प्रशिक्षकका रुपमा कार्यरत धनगढी उपमहानगरपालिका–४ का पृथ्वीराज घिमिरेले बलात्कार गरेको उजुरी परेको छ ।
घिमिरेले १३ वर्षीया बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा उनीविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ ।
पछिल्लो पटक बालिकालाई घुम्न जाउ भन्दै पुनर्वास नगरपालिकाको आईबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै बलात्कार गरेको उजुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले जानकारी दिए ।
उनकाअनुसार जबरजस्तीकरणी शिर्षकमा किटानी जाहेरी परेपछि आरोपीत घिमिरे भने फरार भएका छन् । बालिकाले घिमिरेले आफूमाथि बलात्कार गर्ने गरेको कुरा आमालाई बताएपछि घटना बाहिर आएको प्रहरीको भनाई छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।