April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुप विश्वविद्यालयले गर्यो अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना

२०८२ असार २६

1.2K

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र विभागमा बिहीवार अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना गरिएको छ।।

प्रदेश सरकारको १० लाखको आर्थिक सहयोगमा उक्त इकाइ स्थापना गरिएको हो। गुरुपूर्णिमाका अवसरमा आयोजित एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले कार्यालयको उद्घाटन गरे। कार्यक्रममा पूर्वमुख्यमन्त्री रावलले परम्परागत शिक्षण पद्धतिलाई नवप्रवर्तनयुक्त शैक्षिक प्रणालीसँग जोड्न तथा नीति निर्माणमा आधारित तथ्य अनुसन्धानलाई संस्थागत गर्न यो इकाइ महत्वपूर्ण रहने बताए।

उनले अनुसन्धानमैत्री वातावरण निर्माणमा यसले दीर्घकालीन योगदान पु¥याउने धारणा व्यक्त गरे। प्रदेश सरकारबाट उपलब्ध बजेटमार्फत स्मार्ट बोर्ड, ल्यापटप, कम्प्युटर, कुर्सी, टेबललगायत सामग्री खरिद गरिएको छ। यसअघि, अघिल्लो आर्थिक वर्षमा व्यवस्थापन सङ्कायमा आइसिटी ल्याव स्थापना गरिएको थियो भने आगामी आवमा विश्वविद्यालयमा अनुसन्धान केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गरिएको जानकारी दिइएको छ।