April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

दार्चुलामा तुइनबाट खसेर एकजना बेपत्ता: कहिलेसम्म यस्तो बेवास्ता?

२०८२ असार ३१

1.3K

दार्चुला: दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङका नारायण बुढाथोकी आज मध्यान्ह तुइनबाट खसेर बेपत्ता भएका छन्। भारतीय बजार जाँदै गर्दा महाकाली नदीमाथिको तुइन अचानक चुडिएपछि उनी सीधै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिएका छन्।

उनी बेपत्ता भएपछि तत्कालै खोजी कार्य थालिएको छ। प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा बुढाथोकीको खोजीमा खटिएका छन्।

यसप्रकारका घटनाले फेरि एकपटक प्रश्न उठाएको छ सरकारको ध्यान कहिले पुग्छ सीमावर्ती जनताको सुरक्षातर्फ? तुइन विस्थापनको नाममा पटकपटक घोषणा भइरहँदा पनि व्यवहारमा फेरि यस्तै खबर आउनु दुःखद र लाजमर्दो हो।

कहिलेसम्म नागरिकको ज्यान जोखिममा राखेर तुइन पार गरिरहनुपर्ने?
दशकौं बितिसक्दा पनि यस्तो पीडा बोकेर बाँच्न बाध्य सुदूरपश्चिमवासी नागरिकको आवाज राज्यले सुन्ने हो कि होइन?

अब यस्ता खबर “सामान्य” बन्न नदिन, जिम्मेवार निकायले ठोस र तुरुन्त कदम चाल्न आवश्यक छ।