July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

बाजुरामा जिप दुर्घटना: तीन जनाको मृत्यु, १६ जना घाइते

२०८२ श्रावण ८

1.1K

बाजुरा — बाजुराको हिमाली गाउँपालिकाबाट धुला चौरतर्फ जाँदै गरेको यात्रुवाहक जिप चुइनीकोइरालाको भीरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

बा.प्र.०३–००१ज–०३३८ नम्बरको उक्त जिप हिमाली गाउँपालिका–५, किउडीबाट छुटेर धुला चौरतर्फ जाँदै गर्दा चुइनीकोइरालामा अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा परी हिमाली गाउँपालिका–५ की ७६ वर्षीय बाचा रोकाया, ७५ वर्षीय विजौरा रोकाया र ३४ वर्षीय जुनेली रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

अन्य १६ जना यात्रु घाइते भएका छन्। दुर्गम भू–भौगोलिक अवस्था तथा अप्ठ्यारो कच्ची सडकका कारण घाइतेहरूको उद्धारमा कठिनाइ भइरहेको उद्धारमा खटिएको टोलीले जनाएको छ।

प्रारम्भिक अनुमानअनुसार कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेको कारणले गर्दा जिप दुर्घटनामा परेको हुन सक्ने प्रहरीको भनाइ छ। घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र स्थानीय सरकारको सहकार्यमा उद्धार कार्य जारी रहेको छ। घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।