October 27, 2026, Tuesday
२०८३ कार्तिक ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

अन्तरिम मन्त्रिपरिषद् विस्तार : घिसिङ, अर्याल र खनाल मन्त्रीमा

२०८२ भाद्र ३०

1.1K

काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बेलुकी मन्त्रिपरिषद् विस्तार गर्दै तीन जनालाई मन्त्रीमा नियुक्त गरेकी छन् । ती मन्त्रीहरूले सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको छ । गृह तथा कानुन मन्त्रालयको नेतृत्व कानुनविद् ओमप्रकाश अर्यालले गर्ने भएका छन् । अर्याल पछिल्लो समय काठमाडौँ महानगर प्रमुख बालेन शाहका कानुनी सल्लाहकारका रूपमा सक्रिय थिए ।

यसैगरी, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मा दिइएको छ ।

गत साताको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै कार्की अन्तरिम सरकारको नेतृत्वमा आएकी हुन् । त्यसयता सरकारले नयाँ मन्त्रिपरिषद् विस्तार गरी काम सुरु गरेको हो ।

भर्खरै