दार्चुला: दार्चुला जिल्ला अस्पतालमा डेंगु र स्क्रबटाइफसका बिरामी दिनप्रतिदिन बढिरहेका छन्। गत साउन र भदौमा मात्र १६ जनामा डेंगु र ८० जनामा स्क्रबटाइफस पुष्टि भएको अस्पतालका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो। स्क्रबटाइफस संक्रमितमध्ये २५ पुरुष र ५५ महिला छन् भने डेंगुमा ८-८ पुरुष–महिला संक्रमित छन्।
स्वास्थ्यकर्मीका अनुसार डेंगुमा विशेष उपचार नभएकाले सचेत रहनु, प्रशस्त पानी पिउनु, आराम गर्नु र ज्वरोमा सिटामोल लिनु आवश्यक छ। स्क्रबटाइफस माइटको टोकाइबाट सर्ने रोग भएकाले ढिलाइ नगरी उपचार गर्नुपर्ने चेतावनी दिइएको छ।

