बैतडी – शिवनाथ गाउँपालिका–५ बिनपत्या घर भएका ४० वर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट शनिबार मृत्यु भएको छ।
मकैको थुप्रो बनाउन काठ काट्न गएका दयाललाई भदौ २२ गते अरिङ्गालले टोकेको थियो। गम्भीर घाइते भएका उनलाई भदौ २३ गते उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते घर ल्याइएको थियो।
सिकिस्त अवस्थामा रहेका दयालको शनिबार निधन भएको पार्कीले जानकारी दिएका छन्। मृतक दयालको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्। अकाल मृत्युपछि बिनपत्या गाउँ शोकमा डुबेको छ।









