नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाका सासु–ससुरा बस्ने घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ। आइतबार भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलस्थित छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा गरेको हो। भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ हुन्।
छापा मार्दा भूषण घरमा थिएनन् भने उनका बुवाआमा घरमै थिए। ललितपुर महानगरपालिका–४ मा पर्ने ती घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको जनाएको छ।








