कैलाली । कैलालीमा नगद ८३ हजारसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
भजनी नगरपालिका–१ भजनी बजारस्थित मोनिस्का होटलमा जुवातास खेल्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु शुक्रबार बिहान साढे १ बजेरित गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले होटलमा छापा मारेर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सोही ठाउँका ४४ वर्षीय होटल सञ्चालक राजु चौधरीले सञ्चालन गरेको होटलको दोस्रो तलामा जुवातास खेलिरहेको अवस्थामा चौधरीसहित ६ जनालाई पक्राउ गरिएको हो।
घटनास्थलबाट नगद ८३ हजार र दुई गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।









