September 21, 2026, Monday
२०८३ आश्विन ५
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुन तयार

२०८२ कार्तिक २३

1.1K

धनगढी । भीम रावल नवगठित नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुन् तयार भएका छन् । उनी नेतृत्वको मातृभूमि जागरण अभियान पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएको हो ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले एभरेष्ट दैनिकलाई जानकारी दिएका छन् ।

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीसँग संवादमा जोडिएका थिए ।

आइतबार उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेका हुन्।

हात्तीवनमा भएको छलफलमा रावलले एकताका लागि राष्ट्रिय स्वाधिनता मुख्य विषय हुने बताएका थिए। छलफलमा सहभागि एक नेताका अनुसार रावल एकहप्ता भित्रै नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुनेछन् ।

काठमाडौं । भीम रावलको मातृभूमि जागरण अभियान पनि समाहित हुने भएको छ ।

आज पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीसँग संवादमा जोडिएका छन्।