April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा ‘वर्तमान हिन्दू समाजको अवस्था, हाम्रो भूमिका तथा प्रयास’ विषयक प्रबुद्ध नागरिक गोष्ठी सम्पन्न

२०८२ मंसिर १४

1.2K

धनगढीमा शनिबार हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत “वर्तमान हिन्दू समाजको अवस्था, हाम्रो भूमिका तथा प्रयास” विषयक प्रबुद्ध नागरिक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका प्रबुद्ध नागरिक, समाजसेवी, युवा, विद्यार्थी तथा धर्म–संस्कृतिप्रेमी गरी २०० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख बक्ता तथा प्रमुख अतिथि उच्च अदालतका पुर्व न्यायधिश शेखर पौडेल रहेका थिए। त्यस्तै विशिष्ठ अतिथि पुर्व एआइजी तथा हिन्दू स्वयं सेवक संघका राष्ट्रिय संघ चालक कल्यान तिम्सिना । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख सञ्चालिका हिरा दिदी उपस्थित रहेर आ–आफ्ना धारणा राखेका थिए।

यस गोष्ठीका संयोजक विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष ईन्जिनियर महेन्द्र राज पन्त रहेका थिए ।

वक्ताहरूले नेपालमा हिन्दू समाजले भोगिरहेका चुनौती, सांस्कृतिक पहिचानमा परेको चोट, र मूल्य–मान्यताको संरक्षणका उपायबारे विस्तृत रूपमा प्रकाश पारे। उनीहरूले समाजमा देखिएको सांस्कृतिक विचलन रोक्न जनचेतना अभिवृद्धि, संगठन सुदृढीकरण, सामाजिक जिम्मेवारीबोध र युवाको सक्रिय सहभागिता अत्यावश्यक रहेको उल्लेख गरेको अध्यक्ष पन्तले बताए ।

गोष्ठीमा सहभागीहरूले नेपालमा सांस्कृतिक तथा धार्मिक पहिचान संवद्र्धनका लागि नियमित अभ्यास, सकारात्मक अभियान सञ्चालन र सबै समुदायको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको समेत उनले जानकारी दिए।