July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ बार्षिकोत्सवमा रक्तदान, ४० यूनिट रगत संकलन

२०८२ मंसिर १५

750

धनगढी । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औँ बार्षिकोत्सवको अवसरमा आज धनगढीमा आयोजित रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन गरिएको छ।

कार्यक्रममा स्थानीय अधिकारकर्मी, कर्मचारी, प्रशिक्षक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। नेपाल रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा सम्पन्न गरिएको रक्तदान कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र र धन्यवाद ज्ञापन गरिएको थियो।

संस्थाका प्रतिनिधिहरूले रक्तदान जस्तो मानवतापूर्ण कार्यले समुदायमा सकारात्मक सन्देश दिने भन्दै यस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्वका गतिविधिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

 

हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रदेश अध्यक्ष शागर बमले बार्षिकोत्सवका अवसरमा आगामी दिनमा पनि सामाजिक क्षेत्रमा केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गर्ने जानकारी दिए ।