September 12, 2026, Saturday
२०८३ भाद्र २७
Nepal 1:37:26 pm
Trending
जन आवाज

माघ १ देखि लागू हुने गरी सरकारले घटाएयो नगद कारोबारको सीमा

२०८२ मंसिर १६

825

काठमाडौँ– सरकारले नगद कारोबारको सीमा घटाएको छ। हिजो (सोमबार( बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेदेखि लागू हुने गरी नगद कारोबारको सीमा घटाएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार सरकारले एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरी नगद कारोवारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ।

त्यस्तै सरकारले श्रीलंकामा बाढी पहिरोले धनजनको ठुलो क्षति भएकोमा सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ।