April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

चैतन्य पाठशालाकाद्वारा प्रतिभा सामुदायिक पुस्तकालयलाई वाटर डिस्पेन्सर प्रदान

२०८२ मंसिर २१

855

कैलाली– अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा शिक्षाद्वारा समाज रूपान्तरणमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका चैतन्य पाठशालाले पुस्तकालयलाई एक थान फिल्टरसहितको वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

समुदायका बालबालिका, विद्यार्थी, पुस्तक प्रेमी तथा स्थानीय बासिन्दाले दैनिक रूपमा प्रयोग गर्दै आएको पुस्तकालयमा स्वच्छ खानेपानीको पहुँच सजिलो बनोस् भन्ने उद्देश्यले गरिएको यो सहयोगले पुस्तकालयको सेवा स्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा रहेको पुस्तकालयका अध्यक्ष भुपेश जोशीले बताए । उनले भने “विशेष गरी चाप बढिरहेकाले अत्यावश्यक पूर्वाधारको आवश्यकता रहेको समयमा प्रदान गरिएको वाटर डिस्पेन्सरले पुस्तकालय आगन्तुकहरूलाई स्वस्थ र सुरक्षित वातावरणमा अध्ययन गर्न मद्दत पु¥याउनेछ”।

पुस्तकालय व्यवस्थापन समितिले पाठशाला प्रति हार्दिक आभार व्यक्त गर्दै पाठशालाले देखाउँदै आएको सामाजिक उत्तरदायित्व भाव, शिक्षा– संस्कार, संस्कृतिप्रति समर्पण र निरन्तर सहयोगी भावनाको सदैव सकारात्मक सहयोग गर्ने समेत अध्यक्ष जोशीले भने । भविष्यमा पनि यस्तै सहयोग र सहकार्यका कार्यक्रमहरू मार्फत पुस्तकालयको पहुँच र प्रभाव झनै बढ्दै जाने विश्वास रहेको उनले बताए।

चैतन्य सदैव समुदाय सँग नजिक रहँदै आएको र समुदायमा रहेको यस पुस्तकालयमा वाटर डिस्पेन्सर हुँदा पुस्तकालयमा आउने सेवाग्राहीलाई सहजता हुने चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।