August 3, 2026, Monday
२०८३ श्रावण १८
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

बालेनको कार्यक्रममा सुनको सिक्री लुट्ने पर्साका युवक नियन्त्रणमा

२०८२ माघ १६

435

 

धनगढी ः अछाममा बालेन शाहको चुनावी कार्यक्रममा सुनको सिक्री लुट्ने युवकलाई नियन्त्रणमा लिइएको छ।

 

अछामको साँफेबगर नगरपालिका–४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी लुटपाट गर्ने पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश राय नियन्त्रणमा लिइएको हो।

 

रायले अछामको साँफेबगर नगरपालिका–५ नौंठाना बस्ने ४० वर्षकी सत्यदेवी कुँवरको घाटीमा लगाएको १२ दशमलव १७ ग्रामको सुनको सिक्री चोरी गर्ने क्रममा उमेशलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले बिहिवार नियन्त्रणमा लिएको जनाएको छ। सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।