August 3, 2026, Monday
२०८३ श्रावण १८
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

उत्कृष्ट सवारी चालकलाई सम्मान।

२०८२ माघ १८

445

ट्राफिक नियम पालना गर्ने चालकलाई नेपाल प्रहरीद्वारा सम्मान

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरिया कैलालीले ट्राफिक नियमको पालना गर्दै अनुशासित र जिम्मेवार रूपमा सार्वजनिक सवारी सञ्चालन गर्दै आएका चालक अत्तर बहादुर बिष्टलाई प्रशंसा–पत्र प्रदान गरेको छ।

सडक सुरक्षा प्रवर्द्धन तथा सवारी दुर्घटना न्यूनीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै आयोजित कार्यक्रममा उक्त प्रशंसा–पत्र प्रदान गरिएको हो। लामो समयदेखि ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र यात्रु सुरक्षामा देखाएको जिम्मेवारीलाई उदाहरणीय मान्दै नेपाल प्रहरीले सम्मान गरेको जनाएको छ।

कार्यक्रममा बोल्दै सम्बन्धित अधिकारीहरूले जिम्मेवार चालकहरूको सक्रियताले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै यस्ता सम्मानले अन्य चालकहरूलाई पनि ट्राफिक नियम पालना गर्न सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।