August 4, 2026, Tuesday
२०८३ श्रावण १९
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

२०८२ माघ २४

435

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

 

धनगढी ः कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–१०, चुहा नजिकै ट्रकको ठक्करबाट एक बालको मृत्यु भएको हो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लम्कीचुहा–८ का १५ वर्षीय शिरीष भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम प्रदेश ०१–००१ ख २८५० नम्बर ट्रकले ठक्कर दिँदा साइकल सवार भण्डारी गम्भीर घाइते भएका बताएको थियो। उनको लम्कीस्थित लालरत्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। शनिवार बिहान मृतकका आफन्त, स्थानीयले महेन्द्र राजमार्गमा उचित क्षतीपूतिको माग गर्दै चक्का जाम गरेका छन्।

 

ट्रक चालक ३९ वर्षीय रामदत्त भट्ट र ट्रक प्रहरी नियन्त्रण रहेको जनाइएको छ। पीडित पक्षसँग छलफल गरी बाटो खुलाउने प्रयास भइरहेको जनाइएको छ ।