July 28, 2026, Tuesday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

धनगढीकाे केयरटेकर हस्पिटल उद्घाटन, सरकारी शुल्कमा सेवा

२०८२ माघ २८

570

 

धनगढी : सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले धनगढीमा केयरटेकर हस्पिटल प्रालि औपचारिक रूपमा उद्घाटन गरिएकाे छ। अस्पतालले अत्याधुनिक प्रविधि र अनुभवी चिकित्सक टोलीमार्फत सेवा प्रदान गर्ने जनाएकाे छ। अस्पतालका अध्यक्ष गाेपालबहादुर शाहीले सरकारी शुल्कमा स्वास्थ्य उपचार सेवा दिने बताए। उनले भने, ´धनगढीका सरकारी अस्पतालमा भिड छ। उपचार पाउन साह्रै गाह्राे छ। निजीमा शुल्क धेरै छ। हामीले सरकारी शुल्कमा सेवा दिनेछाै। पैसा कमाउनु भन्दा पनि सेवा गर्नेछाै।`

अस्पतालमा टाउको, दिमाग, मेरुदण्ड तथा नसा रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक–कान–घाँटी, बालरोग, स्त्री तथा प्रसूति रोग, मुटुरोग, जनरल मेडिसिन, रेडियोलोजी, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, युरो सर्जरी लगायतका विशेषज्ञ सेवा उपलब्ध गराइनेछ।

यसैगरी २४ सै घण्टा इमर्जेन्सी सेवा, स्तरीय एम्बुलेन्स, प्रयोगशाला, एक्स–रे तथा अल्ट्रासाउन्ड सेवा, आईसियु, एनआइसियु र डेलिभरी कक्षको व्यवस्था गरिएको छ। उच्च स्तरीय प्रविधियुक्त अपरेशन थिएटर र सुदूरपश्चिममै पहिलो पटक आधुनिक ‘मोडुलर’ अपरेशन कक्ष सञ्चालनमा ल्याइएको दाबी गरिएको छ।

अस्पताल व्यवस्थापनले विश्वसनीय, भरपर्दो र बिरामीमैत्री वातावरणमा सेवा दिने प्रतिबद्धता जनाएको छ।

सुदूरपश्चिममा आधुनिक, विश्वासिलो तथा जनमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा आएको