August 4, 2026, Tuesday
२०८३ श्रावण १९
Nepal 1:37:26 pm
Trending
जन आवाज

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

२०८२ माघ २९

260

काठमाडाैं,२९ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी  प्रदेशको  पहाडी र हिमाली भूभागमा  साधरणतया  बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।