October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुनको मूल्य घट्दा बढ्यो चाँदी

२०८२ माघ २९

370

काठमाडौं, २९ माघ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार सुन तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी तोलामा ५ हजार २९० रुपैयाँ मा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ।

भर्खरै