September 13, 2026, Sunday
२०८३ भाद्र २८
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुनको मूल्य बढ्यो

२०८२ फाल्गुन ३

345

काठमाडौं, ३ फागुन । आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो। यो अघिल्लो कारोबारको तुलनामा प्रतितोला २ हजार ३ सय रुपैयाँले बढी हो। शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुन प्रतिदस ग्राम २ लाख ६२ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो। प्रतिदस ग्राम चाँदीको मूल्य आज ४ हजार २ सय ७४ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।