July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

केपी ओली झापा आउँदै, विमानस्थलको सुरक्षा व्यवस्था कडा

२०८२ फाल्गुन ३

275

झापा, १ फागुन । केपी शर्मा ओली आज झापा आउँदैछन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा-५ का उम्मेदवार हुन् । उनी यहाँ आउने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको छैन । विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल भने विमानस्थल सुरक्षामा कडाइ गरिएकाे बारे आफूलाई कुनै जानकारी नभएकाे बताए ।