October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुन तोलामा ५६०० ले उकालो

२०८२ फाल्गुन १०

450

काठमाडौं,१० फागुन । आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ । यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

भर्खरै