September 13, 2026, Sunday
२०८३ भाद्र २८
Nepal 1:37:26 pm
Trending
जन आवाज

तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो सुन

२०८२ फाल्गुन ११

495

काठमाडौं, ११ फागुन । सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५९५ रुपैयाँ पुगेको छ । यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।