August 1, 2026, Saturday
२०८३ श्रावण १७
Nepal 1:37:26 pm
Trending
जन आवाज

फरक विचारका आधारमा पक्राउ गरिएको भन्दै काभ्रेपलाञ्चोक बारको घोर भर्त्सना

२०८२ फाल्गुन १३

380

काठमाडौ,१३ फागुन । नेपाल बार एशोसिएशन काभ्रेपलान्चोक जिल्ला अदालत बार एशोसिएशनले अधिबक्ता सोमान सिंह तामाङको गिरफ्तारी प्रती आपत्ती प्रकट गरेको छ ।

जिल्ला बारका सचिव अधिबक्ता नारायण ध्वज तामाङले प्रेस बिज्ञप्ति मार्फत फरक विचार र राजनीतिक आस्थाकै आधारमा धरपकड गरेको प्रती घोर भत्सर्ना गर्दै बिना सर्त रिहाई गर्न नेपाल सरकार समक्ष जोडदार माग समेत गरेको छ । तामाङलाई फागुन १३ गते बनेपाबाट पक्राउ गरिएको थियोे ।
प्रेस बिज्ञाप्तिको पुर्ण पाठ :

प्रेस विज्ञाप्ति

विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकारको पूर्ण प्रत्याभूति, बिचार र अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण प्रर्दशन मार्फत जनताको अभिमत व्यक्त गर्न पाउनु पर्ने बिषयमा काभ्रेपलाञ्चोक बार एशोसियसन दृढ एवं प्रतिब‌द्ध रहेको छ ।

आज मिति २०८२/११/१३ गतेका दिन बिहान ८:०० बजेको समयमा अधिवक्ता सोमान सिंह तामाङलाइ बिना कारण निर्मम तरिकाले बस्ने काभ्रेपलाञ्चोक जिल्ला बनेपाबाट धरपकड गरी पक्राउ गरेको प्रति काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएशन घोर भर्त्सना गर्दछ ।

निज पक्राउ परेका अधिवक्ता सोमान सिंह तामाङ नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएशनको सदस्य समेत रहेको व्यक्तिलाई सरकारको दमनकारी नीति र कार्यको घोर भर्त्सना गर्दै मानब अधिकार तथा संबैधानिक अधिकारको रक्षार्थ सरकारलाई संयमित, मर्यादित र थप जिम्मेवार हुन अनुरोध गर्दछ ।

साथै निज पक्राउ परेका अधिवक्ता सोमान सिंह तामाङलाइ बिना कारण फरक बिचार र राजनीतिक आस्थाकै आधारमा धरपकड गरी पक्राउ गरेको प्रति घोर भर्त्सना गर्दै बिना शर्त रिहाई गर्न नेपाल सरकार, सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौ ।

अधिबक्ता नारायण ध्वज तामाङ

(सचिव)