August 1, 2026, Saturday
२०८३ श्रावण १७
Nepal 1:37:26 pm
Trending
जन आवाज

उम्मेदवार नबनेका देउवा सिंगापुरतर्फ

२०८२ फाल्गुन १४

420

काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् ।

सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल  स्रोतले बतायो । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् ।

पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए । जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।

देउवा यसपटक उम्मेदवार पनि नभएकोले चुनावकै मुखमा विदेश प्रस्थान गरेका हुन् । डडेल्धुराबाट यसपटक कांग्रेसबाट नैनसिंह महरले टिकट पाएका छन् ।