July 28, 2026, Tuesday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुनचाँदी बजारमा भाउ वृद्धि

२०८२ फाल्गुन १४

405

काठमाडौं, १४ फागुन । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको अाज भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२५ रुपैयाँ पुगेको छ ।