July 28, 2026, Tuesday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

जलेको निवास निरीक्षण गर्दै पूर्वराष्ट्रपति भण्डारी

२०८२ फाल्गुन १४

355

काठमाडौं, १४ फागुन । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेर ध्वस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन् ।

बिहीबार बिहान बुढानीलकण्ठ–२ पुगेर पूर्वराष्ट्रपति भण्डारीले जलेको निवासका संरचनाको अवलोकन गरेकी हुन् ।

भदौ २४ गतेको आन्दोलनमा आन्दोलनकारीले सरकारी तथा निजी संरचना जलाउँदा भण्डारीको निवास पनि जलाएका थिए । निवासमा आगलागी भएपछि भदौ २४ गते नै उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका थिए । त्यसयता उनी बालुवाटारस्थित छोरीको निवासमा बस्दै आएकी छन् ।