July 28, 2026, Tuesday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

निर्वाचन हुनेमा अब शंका छैन : प्रचण्ड

२०८२ फाल्गुन १४

415

काठमाडौं। १४ फागुन । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते को निर्वाचन सुनिश्चित भएको बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले केही उत्तरचढाव हुँदै सिङ्गै राष्ट्र निर्वाचनमा होमिएको र निर्वाचन सुनिश्चित भएको बताए ।

यद्यपि उनले असहज परिस्थितिमा आइलागेको निर्वाचनमा सहभागी हुनुपरेको र यसलाई सफल पार्नु समाजका सबै तह र तप्काको जिम्मेवारी भएको बताए ।

प्रचण्डले गत भदौ २३ गते जेनजी युवाहरूले भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको नियन्त्रण हट्नुपर्छ भनेर शान्तिपूर्ण प्रदर्शन गरेको भन्दै उक्त प्रदर्शनअघि जेनजीले राखेका माग जायज भएकाले हस्तक्षेप नगर्न भनेको बताए।

उनले २३ गते युवाहरूमाथि हत्या गर्ने प्रवृत्ति र दमन गर्ने प्रवृत्ति अहिले पनि नेपालको राजनीतिमा अहिलेसम्म अहङ्कारी र दम्भी प्रवृत्ति नैतिक जिम्मेवारी लिन तयार नभएको बताए ।

त्यस्तै उनले २४ गतेको विध्वंसकारी प्रवृत्ति पनि अतिवादी प्रवृत्तिका रूपमा देखापरेको भन्दै  आफूहरू दुवै प्रवृत्तिकाे विरुद्धमा रहेको बताए।