October 23, 2026, Friday
२०८३ कार्तिक ७
Nepal 1:37:26 pm
Trending
जन आवाज

रुकुममा प्रलोपा उम्मेदवार शर्मालाई थप बल

२०८२ फाल्गुन १५

675

सुर्खेत, १५ फागुन । रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेका छन् ।

शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गरे । रुकुमको विकासको लागि सहकार्य गरेर अघि बढ्ने सहमति अनुसार उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई सघाउने भएको केसीले बताए ।

यसअघि यहाँ नेकपा एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ। अब यहाँ प्रलोपाका शर्मा, कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र रास्वपाका मानबहादुर शाहीबिच चुनावी प्रतिस्पर्धा हुने छ।

भर्खरै