April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

राजपुर–३ मा शंकास्पद वस्तु भेटिएपछि सुरक्षा सतर्कता बढाइयो

२०८२ फाल्गुन १८

310

रौतहट,१८ फागुन । रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेको छ ।

वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ ।

बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुको प्रकृति पहिचान गर्ने तथा आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित डिस्पोज गर्ने तयारी गरिरहेको नेपाली सेनाको नारायण दल गणले जनाएको छ ।

घटनास्थल वरपर सर्वसाधारणको आवतजावत रोकिएको छ भने सुरक्षा घेरा कडा पारिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।