July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

प्रलोपा नेता शर्मा नेकपामा प्रवेश

२०८२ फाल्गुन १८

330

काठमाडाैं , १८ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका यज्ञ बल्लभ शर्मा नेकपा प्रवेश गरेका हुन् । उनलाई नेकपाका नेताहरु दिनानाथ शर्मा र हितमान शाक्यले नेकपामा स्वागत गरे ।

उनी तत्कालीन माओवादी केन्द्रबाट बिद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपामा लागेका थिए ।

यस्तै निसीखोला–१ लेवाङका नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तील नेकपामा प्रवेश गरेको नेकपाका नेता तथा बागलुङ इन्चार्ज चन्द्रबहादुर बुढा सागरले जानकारी दिए ।