October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

निर्वाचन टोली सवार जिप २०० मिटर तल खस्यो, एक जनाको ज्यान गयो

२०८२ फाल्गुन १८

415

काठमाडौं, १८ फागुन । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको हाे ।

दुर्घटना परेको जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको उनले जानकारी दिए । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।

गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हाे । गाडी करिब २०० मिटर तल खसेकाे जनाइएकाे छ ।

भर्खरै