July 28, 2026, Tuesday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

जुम्लामा रास्वपाका उम्मेदवारको जमानत जफत, शाही निर्वाचित

२०८२ फाल्गुन २३

310

काठमाडाैं। २३ फागुन । जुम्लाको प्रतिनिधि सभा सदस्यमा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार८१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नरेश भण्डारीले ११ हजार ६३५ मत पाएका छन् ।

त्यस्तै कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका शान्तिलाल महत ४ हजार ५१८मतमा चित्त बुझाउन बाध्य भएका छन् । देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा रास्वपाका विनिता कठायतलगायतको जमानत जफत भएको छ।