July 29, 2026, Wednesday
२०८३ श्रावण १४
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुदूरपश्चिम सरकार प्रति प्रतिपक्ष आक्रोशित

२०८२ फाल्गुन २८

970

धनगढी:  सुदूरपश्चिम प्रदेश सरकारप्रति प्रतिपक्ष दल आक्रोशित बनेकाे छ। लगातार खबरदारी गर्दा पनि सुधारकाे बाटाेमा नगएकाे भन्दै प्रतिपक्षले आक्रोश व्यक्त गरेकाे हाे।

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेकाे संयुक्त सरकार छ। जसमा नेपाली काँग्रेसका नेता कमल शाह मुख्यमन्त्री रहेका छन भने माओवादी केन्द्र, समाजवादी र नागरिक उन्मुक्ति मिलेर बनेकाे नेकपा प्रमुख प्रतिपक्ष दल रहेकाे छ।

बिहिवार नेकपा सुदूरपश्चिम संसदीय दलले पत्रकार सम्मेलन गरि सरकारका गतिविधि प्रति आक्रोश पाेखेकाे हाे। दलका नेता खगराज भट्टले फागुन २१ काे निर्वाचनकाे परिणामले पुराना दलले सचेत र गम्भीर बन्नु पर्ने वेला आएकाे बताए । पत्रकार सम्मेलनमा नेता भट्टले भने, `सुदूरपश्चिम सरकार मृत हाे या जीवित हाे थाह छैन।` उनले प्रदेश सरकार एकदम निरीह र गैरजिम्मेवार  देखिएकाे बताए। उनले भने, ´संसद बैठक, समितिका बैठक लगायत सबै अस्तव्यस्त छन हिउदे अधिवेशन सुरु गर्ने कुनै सुरसार छैन, प्रदेश सरकार सुतेकाे अवस्थामा छ।`

मुख्यमन्त्री माथि नै भ्रष्टाचारकाे आरोप लाग्दा पनि मुख्यमन्त्री निरीह भएर कुर्चिमा बसिरहेकाे उनकाे आराेप छ । नेता भट्टले बजेट कार्यान्वयनकाे अवस्था एकदमै निरासाजनक रहेकाे, पटक पटक सचेत गराउदा, ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकार नसुन्ने अवस्थामा रहेकाे बताए। नेता भट्टले भने, ´प्रदेशकाे बन मन्त्रालय सारै विवादमा छ, मन्त्रालय काठ व्यवसायीले चलाईरहेका छन।`

सदन नचलेका कारण बाहिर वाेल्नु पर्ने अवस्था प्रतिपक्षलाई आएकाे नेता भट्टले बताए। उनले

सरकार संवाद गर्ने मनस्थितिमा नरहेकाे उल्लेख गरे।